पहिलो चरण : मेरो चिता
म मरेको भोलिपल्ट
मलाई चितामा जलाउने दिन थियो
म चितामा जल्दै थिए
एक हुल उन्मादहरूले
आगोको लप्कासँगै
मेरो स्पर्सको कुरा गरेको सुनेँ ।
जति जति आगोको लप्काहरू बढ्दै थियो
त्यति नै मात्रामा मेरा कुराहरू
बढ्दै थिए
ठिक त्यसैवेला
एक युवतिले विलौना गरिन्
मेरा हुन नसकेका श्रीमान्
म तिमलाई कसरी भुल्न सक्छु र ।
तर पनि तिमी आफ्नो बाटो जाऊ
अब यो संसारले तिमीलाई
कहिल्यै भुल्ने छैन
किन कि तिमी अहिले चितामा छौ ।
यस्तै यस्तै विलौनाको विचमा
एक अधवैसे युवकले बोल्यो
बाबा यो धर्ति साँच्चै तपाईकै
रहेछ किनकि
अब तपाईं धर्तिमा विलिन हुनुभयो ।
विलौनाहरू बढ्दै गयो
आगोका लप्काहरू पनि बढ्दै थियो
कैयौं बिलौना
मैले सुन्न नसक्ने थिए
आगोको लप्कासँगै
ठ्वास्स पाेलेको मासुको सुगन्ध आयो
धेरैले मासु सम्झे ।
अनि फेरि विलौना सुरू भयो ।
गाउँले दाजुभाइ रोई कराई
गर्दै बोल्न थाले
अब सिजनको अवसान भयो
यो अवसानले धर्ति जगमगायो
किन कि एउटा मृत्युको
अन्त्यसँगै नयाँ जिवनको
सुरूवात भयो ।
दाेस्रो चरण : चिताको तयारी
म मरेको भोलिपल्ट
मलाई चितामा जलाउने
दिन थियो ।
ठिक यसैवेला चिताको तयारी
सुरू भयो
मलाई जलाउन सक्ने
दाउराको बन्दोबस्त गर्न सुरू भयो
म भने मरेको लास न परे
आनन्दले अरूलाई काम लगाईरहेको थिए
साच्चै आनन्दको पल थियो
किनकि मैले
क}यौै कुखुरा, कैयौै बाख्रा, कैयौं राँगा
कैयाैं कैयौै जनावरहरू जलेको देखेको थिए
अनि आज मैले त्यो आनन्द
लिन पाउने दिन थियो ।
मेरो लासको वरिपरि
केही मानिसहरूले गुणगान गर्दै थिए
अब सिजन मर्यो
अब यसले लिएको जिम्मा
कसले लेला ।
किनकि उसको जस्तो शैली
अरूको छैन,
यसै यसै भनेर उनीहरूले
गुणगान गर्दै गर्दा
चिताको तयारी पूरा भयो ।
अब भने म थप आनन्द महशुस
गर्दै थिए ।
किनकि अब चिताको फन्को मारेर
मलाई चितामा राखि जलाईन्छ ।
तेस्रो चरण : चितामा जल्दाजल्दै
फुत्रुक्क चितामा आगो लगाएपछि
मेरा शरिरका तन्तुहरू
जल्नेक्रम सुरू भयो
म भने आनन्दको महशुस
गरिरहेकको थिए
किन कि महाकवि लक्षमीप्रसाद पनि
यसरी नै जलेका थिए
मात्र सलामिकको कमी थियो यो मलाई
तर म पनि कम थिएन
पाँच सय भन्दा बढि
मलामी थए ।
आगोमा म जल्दै गर्दा
मैले महाकवि देवकोटा
अनि राष्ट्रकवि घिमिरे
आँशुकवि ढुंगेल
कविशिरोमणि पौड्याल
युगकवि मोतिराम भट्ट
आदिकवि भानुभक्त
ईतिहास शिरोमणि आचार्य
लगायतलाई सम्झिदै थिएँ ।
ठिक त्यसैवेला युवाहरूले
मेरो गुणगान गर्दै गरेको सुने
साँच्चै सिजनको अन्त्य भएको हो
एकाथरि भन्दै थिए
होइन हो, होइन हो ।
त्यतिकैमा एक व्यक्ति बोल्यो
सिजनको मृत्यु भएको हो
अन्त्य भएको होइन
उसको विचारहरूलाई
अनन्तकालसम्म चिरायु बनाउनु पर्छ ।
चौथो चरण : चिताको खरानी
म मरेको घोषणा सँगै
मलाई चितामा जलाउन सुरू भयो
चिता जल्दै थिए
जतिजति चिता जल्दै थियो
उतिउति खरानीको मात्रा बढ्दै थियो
मानव शरिरका सम्पूर्ण
अंगहरू जल्दै गर्दा
मलाई बाँसका सुईरोले घोच्ने
क्रम बढ्दै थियो
किनकि
मलाई आगोका लप्काहरूले
जलाउन सकिरहेको थिएन ।
आगोका लप्कासंँगै
सयौं सपनाहरू
हराउँदै थियो
सपनासँगै बसेका
कैयौं मनहरूले सिजनको
बखान गरेको सुनेँ
यो जलेको खरानीले मात्रै पनि
मन उज्यालो बनाउन सक्छ
खरानी भए पनि चिनो
लैजानु पर्छ
किनकि खरानी सँगै
सिजनको भौतिक शरिरको
अवसान भएको छ ।
पाँचौं चरण : चितामा दागबत्ति
सुन्दर अनुहारलाई
दागबत्ती दिन हजारौं मनहरू
मेरा लागि लालायित छन्
किनकि
म लास भएर बसेको छु
यसरी हजारौ मनहरूको भिडमा
एउटा मन बोल्यो
साँच्चै सिजनको अवसान
भएको छ ।
हजारौं हजार मनहरूले
मृत्युको बारेमा मन्थन गरेको
सुनेँ मैले ।
यसरी मृत्युपछि पनि
आफ्नै बारेमा
सोचिरहेको म बुद्दु पनि
कस्तो मान्छेले किन मृत्युसँग
डराएका होला
भनेर सोच्दैछु ।
यस्तै अवस्थामा मलाई
दागबत्ती दिनको लागि
चितामा राखियो
अनि सबै मलामीजनहरूले
मट्टीको दान गर्दै
मेरो लासलाई दागबत्तीको
अनुमति दिईयो ।
साँच्चै दागबत्ती सँगै
मेरो लास चितामा जल्दै गयो ।
लाससँगै जिवनको
नयाँ सुरूवात भयो ।
अमर, अटल, अजिव रहने
संकल्प सहित मलामीहरू
मलाई घाटमा जलाउदै
आफ्नो बाटो लागिरहे
म भने ब्रम्हाण्डीय शक्तिको रूपमा
अरूलाई हेरिरहे ।
केवल हेरिरहेँ।
२०९औं भानु जयन्तीको अवसरमा त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा मिति २०७९ असार २९ गते भएको सिर्जना वाचन तथा कथाकार दिलिप बान्तावाको ताल्चाको परिचर्चा कार्यक्रममा बाचन गरिएको ।