काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.८७ अङ्कले ओरालो लागर २ हजार ४४.७२ मा ओर्लिएको छ।
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.८६ अङ्कले ओरालो लागेर ३९१.६४ मा ओर्लिएको छ। कूल २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ मूल्यमा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ, भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २.२९ र अन्य उपसमूहको शेयर १६.५५ अङ्कले उकालो लागेको छ।
व्यापार ३२.६, होटल तथा पर्यटन २०.६३, विकास बैंक ३४.९२, जलविद्युत् १४.२८, वित्त १५.०४, निर्जीवन बीमा ६४.३२, उत्पादन १३.२६, लघुवित्त २१.९८, जीवन बीमा १५०.३४, सामूहकि लगानी कोष ०.०७ र लगानी ०.७२ अङ्कले ओरालो लागेका हुन्।
बिहीबारको कारोबारपछि बजार पूँजीकरण २९ खर्ब १९ अर्ब ७४ करोड १२ लाख २० हजार ६७१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १७ करोड ८० लाख बराबरको कारोबार भयो।
एनआइसी एशिया बैंक ११ करोड २२ लाख ६२ हजार ८५०, नेपाल पुनरबीमा कम्पनी ६ करोड २८ लाख २४ हजार ६३६, हिमालयन डिस्टिलरी ६ करोड २ लाख ४९ हजार ७७० र नेपाल एसबीआई बैंक ४ करोड १२ लाख ५ हजार २१४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स कम्पनी ३.१६, जनउत्थान सामुदायिक लघुवित्त २.७४, ग्लोबल आइएमबई बैंकको ऋणपत्र २.७२, नेशनल माइक्रोफाइनान्स २.५७ र गुराँस लघुवित्तका लगानीकर्ताले २ प्रतिशतले कमाए ।
आइसीएफसी फाइनान्सको ऋणपत्र ६.७१, किसान लघुवित्त ५.३५, साधाना लघुवित्त ४.४५, सामुदायिक लघुवित्त ३.८३ र लाइफ इन्स्योरेन्स कर्पोरेशनका शेयरधनीले ३.७२ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ १७:३१