श्रीलंकाको अप्रत्साहित राजनीतिक घटनाक्रमले विश्व जगत मा कोलाहल मच्चाएको छ । समाचार र अखबारी लेखनमा अहिलेको जल्दो बल्दो ताजा खबर नै यही बनेको छ । लंकाली सत्ताच्युत्त मात्र भएन अब सिंहासनमा कसले राज गर्ने यो जटिल विषय प्रवेस भएको छ ।
सिंहासनमा लामो समयसम्म सासन गरेका गोटाबाय राजापाक्ष यतिबेला फरार अभियुक्त जस्तो भाग्नु परेको तितो यथार्थ संसार सामु छरपष्ट छ । आखिर श्रीलंकाको राजनीतिमा यति बिध्न संकट आउनु पछाडिको कारण के हो भनेर विवेचना गरिएन भने निर्थक बहस बाहेक अरु हात लाग्ने छैन।
मुल कुरा त श्रीलंकाको राजनीति र सत्तालाई एतिहासिक तवरबाट बिश्लेषण गर्दा बाच्छनिय होला । श्रीलंकाको भौगोलिक अबस्था अति रमणिय चौतर्फी समुन्द्रले घेरिएको एक टापु हो । पर्यटन, ब्यापार, कृर्षि, जलासय युक्त संभावनाले भरपुर श्रीलंका सिंहाली र बुद्ध शभ्यताको प्रतिक पनि हो ।
त्रेत्रा युगमा राम र रावण बिच ठुलै घमसान युद्ध चल्यो । रावणको अंहकार र घमण्डलाई तोड्न दशरथका जेठा सुपुत्र रामले लंकामाथि विजय हासिल गरे । रावणको आधिपत्य र सिंहासन च्युत गराएर सत्य र ईमानी पुरुष बिभिषणलाई राजगद्धी सुम्पेर राम अयोधापुरीमा फर्केको कथा वाल्मिकी रामायणमा पढ्न पाईन्छ ।
लिबरेसन अफ तमिल टाईगर (LTTE) ले २२ वर्षसम्म युद्ध मच्चायो हजारौ मानिस मारिए, युद्धले बैदेशिक ढोका खोल्न प्रस्य पायो, बैदेशिक हस्तक्षेप तिब्त्रर बढीरहयो । मानौ १९७० को दशकदेखि २००९ आइपुग्दा अनेकौ झमेला श्रीलंकाले भोग्न बाध्य भयो ।
सैन्य मिसन मार्फत (LTTE) नेता प्रभाकरणको हत्या पश्चात श्रीलंकाले शान्ती स्थायित्व र विकाशमार्गी बाटो अबलम्बन गर्ने मौका पायो । महिन्द्रा राजापाक्षले उद्धघोष गरे आतंकबाद समाप्त भएको छ र अब श्रीलंका बिकासको गति पछ्छाउने छ।
२००९ पछि बिस्तारै श्रीलंकाले कोल्टो फेर्याे । विकाश र समृद्धिका बाटोहरु कोर्न थाल्यो । उपलब्धी हासिल गर्न युग लागेन केही दशक मै चमत्कारिक उपलब्धी अघि आए । सरदर आयु ७५ वर्ष, प्रतिव्यक्ति आय लमसम ११००० अमेरिकी डलर, मानव विकास सुचाङ्खकमा ७२औं स्थान ओगट्न सफल थियो ।
शिक्षा र स्वास्थ्यका ईण्डिकेटर राम्रै थिए । समयको खेल न हो नेतृत्वमा देशप्रेम भन्दा निजत्व स्वार्थ हावी भएपछि एकाएक दक्षिण अफ्रिकामा आर्थिक स्वार्थ उन्मुखताका उपज गुप्ता ब्रदर्शको आर्थिक ज्यादतीका कारण ज्याकोव जुमाको सत्ता पलट भए जस्तै राजपाक्षको घरानामा एकएक आर्थिक र राजनीतिक स्वार्थ केन्द्रीत हुनु श्रीलंकाका लागि आत्मघाती निर्णय बन्यो।
जनता जर्नादन हुन्छन्, जनताका अधिकार र आवश्यकतामा शासकले अर्थपूर्ण निर्णय गर्न सक्यो भने देशमा परिवर्तन हुन्छ। जनता सार्वभौम हुन्छन्, सार्वभौम जनताका आधारभुत आवस्यकतामा नेतृत्वको लगाव र उत्तरदाहित्व हुनुपर्दछ ।
तर श्रीलंकाली राज्यसत्तामा यसो भएन राजापाक्ष घरानाको बढ्दो महत्वकांक्षा, बिलासी जिवनसैली, शक्तिको दुरपयोग, परिबारबाद, आर्थिक अननियमितता, भ्रष्टचार र कुशासन, बैदेशिक ऋण र करको अस्थिर अपचलन जस्ता संवेदनशिल मुद्धाप्रतिको गैर जिम्मेवारीपनले श्रीलङ्काको सुदुर भविष्य संकटमा पर्याे।
राज्यशक्तिको आडम्बरमा सुरवीर बन्न खोजेका गोटाबाय राजापाक्ष गुप्ताबासमा सिमित हुन पुगे । कोलम्बोको सिनेटमा जनताको आसन भयो । राष्ट्रपतिले प्रयोग गर्ने श्रोत र साधनमाथि जनताले रझाई गरे । नेतागण, राजनितीक दल कुना पसे। सुरक्षाका निकाय मुकदर्शक भएर हेर्न शिवाय अरु विकल्प रहेन ।
के यति मात्रै कारणले श्रीलङ्काको राजनीतिमा अतिबृष्टि वा अनाबृष्टि उत्पन्न भएको हो त ? पक्कै पनि यी मात्र कारण पर्याप्त छैनन्। अन्त्यमा विवेचना गर्न विश्व राजनीतिको भू-सामरिकता र भू- राजनीतिमा समेत प्रबेश गर्न उचित होला।
हेभनटोटा बन्दरगाहा चीनलाई लिजमा दिएपछि पश्चिमा गठजोड अर्थात (LTTE) व्यबस्थापनका मुल संवाहकहरुलाई चित्त बुझने कुरो नै थिएन । एकातिर ग्लोबल पोलिटिकल अर्डर र विश्व धु्रवीकरणका कारण दक्षिण एसियामा पावर सेन्टर एलाईन्स निर्माण गर्ने र चीन आईसोलेटिङ फ्याक्टरलाई प्रभाव पार्ने नया संयन्त्र मा श्रीलङका सामेल नहुनुले पनि पश्चिमा चिडिनुको कारण हुन सक्छ ।
एमसिसि परियोजनालाई श्रीलङकाले तिरस्कृत गर्नु र बिआरआई परियोजना स्वीकारोक्तिले पनि अन्तर्राष्ट्रिय सम्बन्धमा असन्तुलन निम्तिएको हो कि भन्ने आशंका गर्न सकिन्छ ।
हिन्द प्रशान्त क्षेत्रमा पश्चिमी राष्ट्रले जन्माएको ईण्डो प्यासिफिक स्ट्रेटेजी सुरक्षा संयन्त्रमा श्रीलंकाको भूमिकाको विषय पनि कुटनीतिक तवरबाट एक कारण मध्य लिनुपर्छ भन्ने मान्यता हुनुपर्दछ ।
जहानियाँ शासन यो शब्दावली प्रयोग गर्न उचित होला किनकि यो शब्दावली प्राय नेपालको राणाकालिन समयसँग संबद्ध पनि छ अर्थात जहानहरुको शासन नै जहानियाँ शासन भन्ने अर्थ हुन्छ। राजापाक्ष घरानाले जहानियाँ शासन लाद्न खोजे जुन अशोभनिय र असह्य थियो श्रीलंकाली जनताका लागि।
आज श्रीलंकालाई बिभिषणको खाँचो छ । सर्बदलिय सरकार निर्माणका लागि आहवान गरियता पनि शान्ति र स्थिरता निर्माणका लागि कैयौ चुनौति सामना गर्नु पर्नेछ ।
हुन त अन्तरिम राष्ट्रपति घोषणा गर्ने चर्चा चलेको छ । बिक्रमासिंघे अन्तरिम राष्ट्रपति हुनेछन् तर यथास्थितिमा के लंकाली राजनीति स्थिरता तर्फ जाला ? शंकाका अनैकौ अड्कलबाजी विश्वजगतमा भइरहेका छन्। अर्कोतर्फ जनता अभाव र भोेकमरीका कारण आक्रोसित छन ।
बैदेशिक ऋण र आर्थिक चापका कारण कैयौ जटिलता थप हुँदै जानेछन् । यो अवस्थामा त्रेता युगमा लक्ष्मणलाई सञ्जिबनी बुटीको आवश्यकता परेजस्तै आज श्रीलंकाली जनतालाई अमृततुल्य सञ्जिबनी बुटी चाहिएको छ । श्रीलंकाको सत्तामाको बिभिषण बनेर आउला ? यो चाहि हेर्न बाँकी नै छ ।
अन्त्यमा नेपाल जस्तो विकासोन्मुख देशले श्रीलंकाबाट पाठ सिक्नुपर्छ । राजनीतिक नेतृत्वले समयमा आर्थिक सुधारका कार्यक्रम अघि बढाउनु पर्दछ । आत्मनिर्भर र स्वभीमानी नेपाली बन्न सबै एकजुट हुनुपर्दछ ।विश्वमानचित्रमा भएका उतारचढावबाट शिक्षा लिएर प्रगतिपथका मार्गमा अघि बढ्नुको विकल्प छैन ।
एशिया महादेश र दक्षिण एसियाली मुलुकमा देखा परेका नव चुनौतीलाई सकारात्मक र उर्जाशिल तवरबाट हेर्न राज्यले पर्यत्न गर्नुपर्छ । सरक्षा र शान्ति सुव्यबस्था कायम गर्न वा निगरानि, अनुगमन जस्ता गतिबिधिप्रति चनाखो हुनुपर्दछ।
परनिर्भता र आयातलाई सन्तुलित राखी उत्पादन र आन्तरिक अर्थतन्त्र निर्माण मा अग्रसर हुनु पर्दछ । हाम्रो धरातलिय स्थिति ,अर्थतन्त्रको आकार, हासिल गरेका परिणाम र उपलब्धि, ऋण ग्रहण गर्ने हाम्रो सामथ्र्यप्रति पनि हाम्रो गहिरो चिन्तन हुनुपर्दछ ।
यो शिक्षापथ मार्ग अवलम्बन गर्नु श्रीलंका बन्ने खतराबाट बच्ने अचुक उपचारविधि पनि हो । हामी एकजुट भएर तमाम हालका समस्यालाई हल गर्न तिर केन्द्रित भयौ भने मात्र हामी सबैको जय हुनेछ ।
नामी साप्ताहिक ई-पेपर