काठमाडौ । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगरसमितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस कोभिड-१९ ले हाम्रो देशको रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न र गराउँन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै उक्त आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रम समारोहमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यता र काठमाडौ महानगरपालिका-२० का अध्यक्ष राजेन्द्र मानन्धर, महानगरीय प्रहरीबृत्त जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लको बिशेष उपस्थिति रहेको थियो।
हालको विषमपरिस्थितिलाई मध्यनजर गर्दै पीडितलाई राहत स्वरूप रक्तदान गराउँन गरिएको आव्हानलाई हामीले मात्र होईन आम स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयोजक संघ संस्थाहरूको प्रमुख दायित्व नै हो भन्दा फरक नपर्ला आयोजक काठमाडौ महानगरपालिका-२० नगरसमितिका अध्यक्ष राम रञ्जतले बताएका थिए।
कार्यक्रमका प्रमुख आतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई समाजद्वारा प्रकाशित २०७८ सालको नयाँ वर्षको क्यालेण्डर, योग बिज्ञान सम्बन्धि जानकारीमूलक पुस्तक, मास्क, पञ्जा र डोनर पीन सम्मान स्वरूप प्रदान गरेको थियोे।
आाकस्मिक सञ्चालित रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा २८ जनाले स्वयंसेवी तवरले रक्तदान गरेको कार्यक्रमको संयोजन एवं सञ्चालन नगरसमितिका सचिव राजेश मानन्धरले गरेका थिए।
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८ २३:४३