काठमाडौ । नेपाल लाईफ सेभिङ्ग एशोसियसनको आयोजनामा सोमबार जेम्स स्कूल धापाखेलमा “पानीबाट हुने दुर्घटनामा सचेतना” कार्यक्रम सम्पन्न भएको छ ।
गत बर्षदेखि संयुक्त राष्ट्र संघले जुन २५ का दिनदेखि सचेतना दिवसको रुपमा मनाउन थालेको अवसरमा नेपालमा पनि पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो ।

विभिन्न विद्यालयका ६० जना पौडी खेलाडीहरु सहभागि भएको सो सचेतना कार्यक्रममा नेपाल लाईफ सेभिङ्ग एशोसियसनका महासचिव युवराज सुनुवारले पानीमा दुर्घटनामा परेका व्यक्तिलाई आफू सुरक्षित भई कसरी बचाउन प्रयास गर्ने भन्ने सम्वन्धि तरिकाहरु सिकाएका थिए ।
कार्यक्रममा एशोसियसनका अध्यक्ष विनोद सेठाईले स्वागत मन्तब्य राखेका थिए । यस्तै जेम्स स्कूलका निर्देशक शौरभ सिंहले कार्यक्रमको उपलब्धि बारे जानकारी प्रदान गरेका थिए।
संयुक्त राष्ट्र संघले यस बर्ष “एक जनाले एक जनालाई सचेतना” सम्वन्धि जानकारी गराउने नाराका साथ सचेतना दिवस मनाई रहेको छ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ २०:३५