आक्षेप नलगाउ याद तिम्रो नआएको होइन
तिमी सँगै मर्ने कसम नखाएको होइन,
होलान् कति गल्ती मेरा ,कतै चुक्यौ तिमी पनि
तिम्रै निम्ति जीवन गीत नगाएको होइन ।।
नचाहेरै याद हुने तिथि, मिति, घडी र क्षण
दुखेको त्यो समय र तिर्न बाँकी आमाको ऋण
मिल्ने भए बिर्सनलाई केही किस्सा अतितका,
बिर्सिदिन्थेँ आफ्नै मुटु बन्दगीमा राखेको दिन ।।
हाँस्नै पर्ने आफ्नै मुटु टुक्रिएर झरे पनि
बाँच्नै पर्ने जीन्दगी यो पल पल मा मरे पनि।
कुरा काट्ने काटिदिन्छन् फलानोले नकाम गर्यो
भलाईको निम्ति तिमीले अंङ्गै दान गरे पनि।।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९ १९:४३