ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेको छ ।
ललितपुर महानगर प्रमुख महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर वाङ्मय शताब्दी पुरुष जोशीलाई दीर्घायुको शुभकामना अर्पण गरेको हो।
नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई ध्यानमा राखी साधारण तरिकाले आफ्नो जन्मदिन मनाइएको जोशीले बताउँदै उनले भने, “राष्ट्रमा सङ्कट परेका बेला साधारण तरिकाले अघि बढ्नु उपयुक्त हुनेछ ।”
बुवा शङ्करराज र आमा राजकुमारीका सुपुत्रका रुपमा वि.सं. १९७७ आजकै दिन जोशी बखुम्बहाल, ललितपुरमा जन्मिएका जोशीलाई फोनमार्फत शुभकामना दिनेक्रम पनि उत्तिकै ओइरो लागेको छ ।
आजका दिनसम्म कुनै रोगले समातिनसकेकामा आफूलाई भाग्यमानी सम्झने गरेको जोशीले बताए। जोशीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएको छ ।
जीवनमा तीन पटक मदन पुरस्कार, विभूषण, पदकलगायत पुरस्कार पाइसकेका जोशीले केही समय पहिले आफ्नो मुहाराङ्कित रु १० को हुलाक टिकट प्रकाशन हुँदा ज्यादै सन्तोष लागेको बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८ १६:२९