काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर २ हजार १११.९९ मा पुगेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५३ अङ्कले उकालो लागेर ४०२.९२ अङ्कमा पुगेको छ ।
कूल २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ मूल्यमा खरिद बिक्री भएका छन् ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आयो भने सो उपसमूहको शेयर मूल्य १२.०४ अङ्कले ओरालो लाग्यो ।
त्यस्तै, बैंकिङ ०.९२, होटल तथा पर्यटन २३.८७, विकास बैंक ५६, जलविद्युत् ७२.३५, वित्त ७५.७४, निर्जीवन बीमा ४३.८, उत्पादन १९.६६, अन्य ३८.९७, लघुवित्त १०७.७३, जीवन बीमा ३४.७९, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६९ अङ्कले उकालो लागेका छन् ।
बुधबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब १५ अर्ब ७८ करोड ९० लाख १४ हजार ६४९ बराबर पुगेको छ
कारोबारका आधारमा शिवम् सिमेन्ट आज पनि शीर्ष स्थानमा छ । सो कम्पनीको १७ करोड ९४ लाख ११ हजार ८०८ बराबरको कारोबार भयो ।
अरुण काबेली पावर १२ करोड ३५ लाख ४३ हजार ६७६, गुर्खाज फाइनान्स ८ करोड ९२ लाख २१ हजार ७०८, नेष्डो समृद्धि लघुवित्त ८ करोड ४८ लाख ४१ हजार २३६ र युनिभर्सल पावर ८ करोड ४१ लाख ४ हजार ६४८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार उकालो लागेको बजारमा आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो भने जानकी फाइनान्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्त छन् ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९ १६:२२