काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा विकास भइरहेको बताएको छ ।
सो पार्टीको कैलाली जिल्ला समितिले धनगढीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङदेनले पार्टीले आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नयाँ परिणाम दिने बताएको हो ।
अध्यक्ष लिङ्देनले अहिले सुस्ताएको राजनीतिमा फेरि नयाँ तरङ्ग सिर्जना गर्ने काम राप्रपाबाट भइराखेको जिकिर गरेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९ २०:४७