मेरै साथमा हुँदा पनि तिमिलाई दुखी देख्नुपरे
मुटु काटी बिछोडका कथाहरू लेख्नुपरे
भैगो तिमी खुशी हुनु मलाई संसार जित्नु छैन ।
मेरो खुशी निम्ति तिमीले काँडा माथि टेक्नुपरे।।
गर्न पनि दुनियामा के के मात्रै गर्नुपर्छ
अप्जस खेप्न बाँच्नु अनि राम्रो हुन मर्नुपर्छ
उसले सर्दा कुन्नि खै के बिग्रिदो रहेछ र हो
लगाउँ प्रित भन्यो जहिले म नै अघि सार्नुपर्छ।।
हाम्रै निम्ति कुरेको त्यो प्रहर हुनेछ
प्रेम नै प्रेमको मायावी त्यो शहर हुनेछ
जब पर्खाइको सिमा अन्तिमतिर ढल्दै हुन्छ
मेरो सामु तिम्रो प्रेमिल नजर हुनेछ।।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९ १२:१०