फिनल्याण्ड सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा फिनल्यान्ड युरोपेली संघ डिजिटल कार्यसम्पादनमा पहिलो स्थानमा रहेको उल्लेख गरिएको छ ।
युरोपेली आयोगको वार्षिक डिजिटल इकोनोमी एन्ड सोसाइटी इन्डेक्सको तुलनामा अधिकतम अङ्क १०० रहेको छ जसमा फिनल्याण्डले यस वर्ष ६९,६ छ प्राप्त गरेको छ ।
इयुको औसत ५२.३ रहेको छ। फिनल्याण्डले डेनमार्क, नेदरल्याण्ड र स्वीडेनलाई पछि पार्दै पहिलो स्थानमा परेको हो।
सन् २०१४ देखि इयुले सदस्य राष्ट्रहरूको डिजिटल कार्यसम्पादनको अनुगमन गर्ने गरेको छ। फिनल्याण्ड २०१९ र २०२० मा पहिलो र २०२१ मा दोस्रो स्थानमा रहेको थियो भने धेरै वर्षदेखि सूचीको शीर्ष स्थानमा रहेको छ।
यसबाट फिनल्याण्डले डिजिटलाइजेसनको दिशामा काम प्रभावकारी रूपमा काम गरिरहेको प्रमाणित भएको छ।
सबैको लागि दिगो भविष्य सृजना गर्न प्रविधि र सूचनाको प्रयोग भइरहेको पनि सरकारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
-एजेन्सी
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९ २१:३४