काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले वृहत् जनप्रदर्शन कार्यक्रम गरेको छ ।
मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट ¥याली निकालेको हो ।
जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिबाटिकामा पुगेर समापनसभामा परिणत हुनेछ ।
जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका ३ जिल्ला, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका ४ जिल्ला, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९ १५:३२