काठमाडौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला भएको छ ।
कम्पनीले प्रतिशेयर १ सय अङ्कित ९ करोड ७५ लाख मूल्य बराबरका ९ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार निष्कासन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५ सय कित्ता कर्मचारीका लागि तथा ५ प्रतिशत अर्थात् ४८ हजार ७ सय ५० कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७ सय ५० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ १ गतेसम्म समय थप हुने पत्रमा उल्लेख छ । निष्कासन गरिएको शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्
आवेदकले अनुमतिप्राप्त सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाइ इक्रा नेपालले (इक्राएनपी आइआरबीबी माइनस) रेटिङ प्रदान गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९ १२:५५