काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान) ले आफ्नो १७औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरी भब्यताकासाथ सम्पन्न गरेको छ ।
स्थापना दिवसको शुभअवसरमा काठमाडाैमा रक्तदान, नेपाल लेखामान (NFRS for SMEs, MEs, NPOs), मौद्रिकनीति २०७९, हालै कर तथा कर विवरणमा भएका परिवर्तनका शेसनहरु समेत सञ्चालनमा ल्याएको हो ।

अडानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सञ्चालित शो शेसनहरुमा नेपाल लेखामान शेसनको अध्यक्षता लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापा, मौद्रीकनीति शेसनको अध्यक्षता नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य एवम् निवर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरेका थिए ।
कार्यक्रमको अवसरमा नेपाल लेखामान (NFRS for SMEs, MEs, NPOs) शेसनमा बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरुण राउत र चार्टर्ड एकाउन्टेन्ट प्रविण बरालले कार्यपत्र प्रस्तुत गरेको थियो ।
कार्यपत्रमाथि एक्यानका अध्यक्ष दिपक पाण्डे, FNCCI राजश्व परामर्श समितिका सदस्य सन्दीप अग्रवाल, चेम्बर अफ कमर्शका सचिब पर्शुराम दाहाल, ग्रिल तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, एसिसिए ग्लोबलका नेपाल प्रमुख रबिन कटवालले टिप्पणी गरेका थिए ।

त्यस्तै, एन.एफ.आर.एस. वारे जनचेतना नपुगेको समन्वय नभएको, लागू गर्न खर्च बढी लाग्ने भएको र हालको एसएमई., एमई को सिमामा पुनर्बिचार हुनुपर्ने तर संसारका अधिकांश देशमा मानहरु लागू भइसकेकोले नेपालमा पनि गर्नुपर्नेमा जोड दिइएको थियो ।
१७औं अडान डे को अवसरमा माननीय महालेखापरीक्षक टंकमणि शर्मा (दङ्गाल) को प्रमुखआतिथ्यतामा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सुजनकुमार काफ्ले, नेपाल उद्योग नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपककुमार मल्होत्रा, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेशप्रसाद सिंह, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराई, अडानका निवर्तमान अध्यक्ष मोहनराज रेग्मी र संस्थापक अध्यक्ष कमल खरेल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको अध्यक्षता अडानका अध्यक्ष केदारनाथ पौडेल, सञ्चालन महासचिव प्रेमबहादुर श्रेष्ठ र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराईले गरेका थिए । साथै आईक्यानको नवौं परिषदबाट निर्वाचित अध्यक्ष भाष्कर सिंह लाला र उपाध्यक्ष सुजनकुमार काफ्लेलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।
अडानका संस्थापक अध्यक्ष कमल खरेललाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो भने सोहि दिन काठमाडौं जिल्ला कार्यसमितिले प्रकाशन गरेको अडान अर्थमाला प्रमुख अतिथी टंकमणि शर्मा (दङ्गाल),अडान केन्द्रीय कार्यसमितिका अध्यक्ष केदारनाथ पौडेल र काठमाडौं जिल्ला कार्यसमतिका अध्यक्ष पुर्णबहादुर चन्दले बिमोचन गरेको थियो ।

माननीय महालेखापरीक्षक टंकमणि शर्मा (दङ्गाल)ले सबै लेखापरीक्षकहरु नियमनकारी निकायका सदस्य भएकाले सबैले आफैलाई स्वनियमन गर्नुपर्ने बताएका थिए । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले NFRS for SMEs को सिमामा परिवर्तन गरी कम्तीमा ५० करोड हुनुपर्ने बताएका थिए भने अडानका अध्यक्ष केदारनाथ पौडेलले सबै सदस्यहरुको हकहित र चुनौतिका सम्बन्धमा संस्था प्रतिबद्ध रहेको बताएका थिए ।
“अडान डे” को अवसरमा नै उपत्यका समन्वय समितिले आयोजना गरेको रक्तदानमा झण्डै १०० जनाले रक्तदान गरेका थिए। आजै मुलुकभरका जिल्ला तथा प्रदेश समितिहरुले अन्तर्क्रिया, सेमिनार, गोष्ठी, रचनात्मक सामाजिक उतरदायित्वका क्रियाकलाप रक्तदान, बृद्धहरुलाई खाना खुवाउने, असहायहरुलाई कपडा बितरण, फलफुल र स्टेशनरी बितरण गरिएको थियो ।