काठमाडौ । आगामी सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण शुरु हुन तम्तयार “सुपर डान्सर नेपाल” को पावर्डबाई प्रायोजन डिशहोम फाईवरनेटले गरेको छ ।
“सुपर डान्सर नेपाल” शो को ईन्टरनेट पार्टनर पनि डिशहोम फाईवरनेट नै रहेको छ । “सुपर डान्सर नेपाल” भारतीय रियालिटि शो को फ्रेञ्चाईज प्रोडक्ट हो । “सुपर डान्सर” भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टिभि रियालिटि शो हो ।
चार देखि १४ वर्षसम्म उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शो “सुपर डान्सर नेपाल” को निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र ख्याती प्राप्त कोरियोग्राफर सुरेन्द्र राई रहनेछन् ।
नेपालभर बिभिन्न शहरहरु काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, र नेपालगञ्ज लगायतमा फिजिकल अडिशन सम्पन्न भईसकेको र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उदेश्यकासाथ डिजिटल अडिशन समेत गरिएको थियो ।
“सुपर डान्सर नेपाल” शो कार्यक्रमको होष्टमा अभिनेता विल्सन बिक्रम राई र नृत्याङ्गना कबिता नेपाली रहने छन्। हरेक हप्ता विहिबार र शुक्रबार प्रशारण हुने “सुपर डान्सर नेपाल” कान्तिपुर टिभी एचडीमा श्रावण २६ गते राती ९ बजेदेखि प्रसारणमा आउँदैछ ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ २०:०३