काठमाडौ । काठमाडौं महानगरपालिका-२१ वडास्थित नेपाल स्वयंसेवी रक्तदाता समाज सदस्यहरुको भेलाले आज नगरसमिति गठन गरेको छ।
उक्त नवगठित नगरसमिति नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा गठन गरिएको हो ।
आयोजित भेलाले स्वयंसेवी रक्तदाता सुमितदास रञ्जितकारको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका-२१ वडा नगरसमिति गठन गरिएको छ ।
जसमा उपाध्यक्ष राजेश श्रेष्ठ, सचिव रिदेन महर्जन, कोषाध्यक्ष सुनिल महर्जन चयन भएका छन् भने सदस्यहरूमा क्रमशः नबिना श्रेष्ठ, रूपक श्रेष्ठ, लुना चित्रकार, त्रिरत्न शाक्य, छोरीमैञा श्रेष्ठ, प्रेमशोभा शाक्य, प्रशान्त खड्गी र भावना महर्जनलाई सर्वसम्मत चयन गरिएको छ।
कोरोना भाईरस कोभिड-१९ ले चौतर्फि आक्रान्त बनाउँदै लकडाउनूको सामना गरिरहेको कठिन घडिमा स्वयंसेवी रक्तदाताहरू यो असहज परिस्थितिमा संगठित भई कसरी पीडितलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको सहज तवरले आपूर्ति गर्न सकिन्छ भनि एक बृहत् अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका-२१ वडा नगरसमिति गठन गरेका हुन् ।
आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा ओढाई सम्मान गरिएको थियो ।
त्यसैगरि अतिथिको रूपमा नेपाल स्वयंसेवी रक्तदाता समाज-२० वडा नगरसमितिका अध्यक्ष राम रञ्जित र सोही वडासमितिका सचिव राजेश मानन्धरले आतित्थ्यता गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २१ वडा नगरसमितिका नवगठित कार्यसमितिलाई संस्थाको लोगो अंकित ब्याज र खादा पहराई बधाई ज्ञापन ब्यक्त गर्दै शपथ ग्रहण गराएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८ २०:२६