काठमाडौ । साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले थप जिम्मेवारी प्रदान गरेको छ ।
सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई २०७९ श्रावण २६ गतेको सदश्य सचिवस्तरिय निर्णयानुसार समान श्रेणी, पद र सुविधा कायम रहने गरि सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको हो ।
आईतबार एक कार्यक्रमकाविच तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिकले श्रेष्ठलाई कार्यकाल सफलताको शुभकामना सहित नयाँ जिम्मेवारीको पत्र प्रदान गरेका हुन् ।
श्रेष्ठलाई सोहि मितिदेखि लागू हुने गरि तालिम तथा प्रशिक्षण विभागमा रहि कामकाज गर्नेगरि पत्र प्रदान गरिएको सो अवसरमा उपनिर्देशक द्वय हिमाल दाहाल र प्रचण्ड शर्माले पनि श्रेष्ठलाई शुभकामना प्रदान गरेका थिए ।
यस्तै नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ “बोस” ले पनि श्रेष्ठलाई शुभकामना प्रदान गरेका थिए । विसं. २०५४ सालमा सहायक प्रशिक्षकको रुपमा करारमा परिषद्को सेवामा प्रवेश गरेका श्रेष्ठ २०६१ सालमा स्थायी भएका थिए ।
ललितपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत श्रेष्ठले राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षण गर्दै आईरहेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९ १९:१३