काठमाडौ । नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारिरीक सुगठनका प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको छ ।
एक कार्यक्रमविच प्रशिक्षणबाट दिक्षित प्रशिक्षकहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रमाण पत्र प्रदान गरेको हो ।
ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटिको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षणबाट दिक्षित भएका विभिन्न जिल्लाका २८ प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
नौ दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागि दिक्षितहरुलाई पूर्व नेपाल च्याम्पियन एवम् नेपालमा शारिरीक सुगठनका ज्ञाताका रुपमा परिचित, कार्यक्रम संयोजक शिवलाल श्रेष्ठ, प्रमुख प्रशिक्षक राजेन्द्र रत्न तुलाधर, विज्ञहरु संजय महर्जन, दिवाकरलाल अमात्य, डा. ज्ञानेन्द्र शाह र सुकदेव कार्की लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि निलेन्द्रराज श्रेष्ठले प्रशिक्षकहरुले प्राप्त गरेका ज्ञानले आगामी दिनमा खेलाडीहरुले उपयुक्त ज्ञान प्राप्त गर्न सहज हुनुका साथै प्रशिक्षणका दौरान आईपर्ने दुर्घटनाबाट बच्न र बचाउन निकै नै ठूलो योगदान पुग्नेमा आफू बिश्वस्त रहेको बताएका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ १८:२५