अन्तर्राष्ट्रिय आर्मी गेम्स २०२२ रुसमा शुरु भएको छ। खेलको उद्घाटन समारोह सोमबार यहाँको प्याट्रियट मिलिटरी-पेट्रियोटिक पार्कमा आयोजना गरिएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी रक्षामन्त्री सर्गेई शोइगुसँगै उद्घाटन समारोहमा सहभागी भएर मन्तव्य दिएको हो।
अगस्ट १३ देखि २७ सम्म हुने अन्तरराष्ट्रिय आर्मी गेम्स २०२२ मा चीन, रुस र इरान लगायत १२ देशको सहभागिता रहेको थियो । खेलमा ३७ देश र त्यस क्षेत्रका २७० भन्दा बढी टोलीले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
रुसी रक्षा मन्त्रालयले शुरु गरेको अन्तरराष्ट्रिय आर्मी खेलहरूले सेनाहरूलाई अनुभव आदानप्रदान गर्न र सहयोग सुदृढ गर्न अन्तरराष्ट्रिय मञ्चको रूपमा काम गरेको बताइएको छ ।
- एजेन्सी
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ १९:५७