काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर २ हजार ६८ दशमलव २६ मा पुगेको हो ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ४१ अङ्कले उकालो लागेर ४०० दशमलव शून्य ८ अङ्कमा पुगेको छ ।
कूल २२० कम्पनीको ५१ लाख १ हजार २ सय ९० कित्ता शेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५७ मूल्यमा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्य उकालो लागेको छ । बैंकिङमा ७.९३, व्यापार २३. ७४, होटल तथा पर्यटन १६.१२, विकास बैंक १.१७, जलविद्युत् ७०.७७, वित्त ५३.९३, निर्जीवन बीमा ५७.५६, उत्पादन ५३.२, अन्य ३५.७३, लघुवित्त ६१.५६, जीवन बीमा ५२.३१, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.९७ अङ्कले उकालो लागेको छ ।
सोमबारको कारोबारपछि बजार पुँजीकरण रुपैयाँ २९ खर्ब ६३ अर्ब ६५ करोड ८३ लाख ८९ हजार नौ सय २४ बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रुपैयाँ १० करोड ४३ लाख ५८ हजार ८ सय ५५ बराबरको कारोबार भयो ।
यस्तै अपि पावर कम्पनी ७ करोड ८० लाख २६ हजार ६ सय ३५, शिवम् सिमेन्ट ६ करोड ३ लाख ९४ हजार ४ सय ७३, अरुण काबेली पावर ५ करोड ५६ लाख ३७ हजार ७ सय ५५ र आइसिएफसी फाइनान्स ५ करोड २८ लाख ८० हजार ९ सय ३८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार, मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
श्वेत गङ्गा हाइड्रोपावर नौ दशमलव ९७, अप्पर हेवाखोला हाइड्रोपावर ९ दशमलव ९६ र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले कमाएका छन् ।
त्यस्तै एनआइबिएल प्रगति फण्ड ३.८०, सपोर्ट माइक्रोफाइनान्स ३.२८, प्राइम बैंकको ऋणपत्र दुई, दोर्दी खोला जलविद्युत् कम्पनी १.९८ र सनराइज ब्ल्युचिफ फण्डका लगानीकर्ताले १.९५ प्रतिशतले गुमाएका छन् ।