काठमाडौ । 'बिकल्प रहित मानव रगत, यसैमा अडिएको छ सारा जगत' यो सन्देशलाई चौतर्फि आत्मसाथ गर्दै रक्तदान कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहभागीता जनाउँदै आइरहेको वर्तमान अवस्था छ ।
हाल विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस कोभिड-१९ ले हाम्रो देशको रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न र गराउँन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आएको जगजाहेरै छ ।
यसै उद्द्येश्य बमोजिम नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका-१९ वडा नगरसमितिद्वारा आकस्मिक रक्तदान कार्यक्रमकाे आयाेजना हो । उक्त आयोजित आकस्मिक रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ३१ जनाले स्वयंसेवी तवरले रक्तदान गरेका थिए ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौमहानगरपालिका-२० नगरसमितिका अध्यक्ष राम रञ्जित र सचिब राजेश मानन्धर, नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डौ महानगरपालिका-२४ नगरसमितिका अध्यक्ष सुरेश सिलाकार, नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौ महानगरपालिका-२१ नगरसमितिका अध्यक्ष सुमितदास रञ्जितकार र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौ महानगरपालिका-१९ का सल्लाहकार मिलन शाहीको बिशेष उपस्थिति रहेको थियो।
'पीडितलाई राहत स्वरूप रक्तदान गर्न र गराउँन गरिएको आव्हानलाई हामीले मात्र होईन आम स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयोजक संघसंस्थाहरू जो कोहिको पनि प्रमुख दायित्व नै हो भन्दा फरक नपर्ला' कार्यक्रमका सभापति एवं नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका-१९ वडा नगरसमितिका अध्यक्ष बिनोद खड्गीले बताएका थिए।
कार्यक्रम समारोहमा प्रमुख आतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई समाजद्वारा २०७८ सालको नयाँ वर्षको क्यालेण्डर, योग बिज्ञान सम्बन्धि जानकारीमूलक पुस्तक, मास्क, पञ्जा र डोनर पीन सम्मान स्वरूप प्रदान गरेका थिए।
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८ १०:१५