पोखरा । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै नेपाल पौडी संघले २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी अशोज ६ देखि ८ गतेसम्म आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुला गरि दुई समूहमा प्रतिस्पर्धा गर्न लागिएको संघले जनाएको हो ।
जसमा उमेर समूह तर्फ छात्र र छात्राको फ्रिस्टायल, ब्रेष्ट स्ट्रोक, ब्याक स्ट्रोक र बटरप्mलाई चार विधामा यु–१०, यु–१२, यु–१४ र यु–१७ गरि ३२ र खुल्ला महिला तथा पुरुष २०० ईन्डिभिजुअल मिड्ले, ४००, २००, १०० र ५० मिटर फ्रिस्टायल, २००, १०० र ५० ब्रेष्ट, ब्याक र बटरफ्लाई, ४ गुणा १०० मिटर फ्रिस्टायल रिले (टिम मात्र), ४ गुणा १०० मिटर ईन्डिभिडुअल मिड्ले (टिम मात्र) गरि ३२ स्वर्ण सहित कुल ६४ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
नवौं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने ११ टोलीका खेलाडीहरुको क्षमता अभिबृद्धि गरि उत्कृष्ट नतिजा प्राप्त गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास गरिएको छ ।
यस २५औं खुल्ला पौडी प्रतियोगितालाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीको रुपमा समेत लिईएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ १९:४७