काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १ हजार ९ सय विन्दुमा ओर्लेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव ३६ अङ्कले ओरालो लागेर १ हजार ९ सय ८९ दशमलव २६ मा पुगेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.०५ अङ्कले ओरालो लागेर ३ं८५ं.७० मा पुगेको छ । कूल २२४ कम्पनीको ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता शेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १ सय ३ मूल्यमा खरिद बिक्री भए।
सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको शेयर मूल्यमा गिरावट आयो । नेप्सेका अनुसार सामूहिक लगानी कोष शून्य दशमलव शून्य ८ अङ्कले उकालो लाग्दा अन्य सबै उपसमूहको शेयर मूल्यमा गिरावट देखियो ।
आजको कारोबारपछि बजार पूँजीकरण २८ खर्ब ५१ अर्ब ३८ करोड ९४ लाख १८ हजार ९ सय ७८ बराबर रहेको छ । कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा छ ।
सो कम्पनीको १० करोड ३३ लाख ६१ हजार ९ सय ७४ बराबरको कारोबार रह्यो । नेप्सेका अनुसार राधी विद्युत् कम्पनी ५ ९०, एनएमबी हाइब्रिड फण्ड १३.८८, एनआइबिएल प्रगति फण्ड ३.२३, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रो २.८६ र नविल बैंकको ऋणपत्रका लगानीकर्ताले २ प्रतिशतले कमाएका छन् ।
रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लागेको छ । अप्पर हेवाखोला हाइड्रोपावर ७.०, मन्दाकिनी हाइड्रोपावर ६.७७, नारायणी डेभलपमेन्ट बैंक ६.७१ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले ६.२९ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९ १९:३५