काठमाडौं। नेपाली चलचित्र उद्योगमा जुङ्गे भट्टराईको उपनामले ख्याति प्राप्त चलचित्र कला निर्देशक, भेषभुषा प्रवन्धक उद्धवराज भट्टराईको निधन भएको छ।
लामो समयदेखि स्वास–प्रस्वास संवन्धी रोगले ग्रसित जुङ्गे भट्टराईको उपचारको क्रममा गृहनगर बैतडीको पाटनबाट काठमाडौं आउने क्रममा शनिवार वाटोमा नै निधन भएको हो।
विगत ४४ बर्षदेखि नेपाली कला क्षेत्रमा निरन्तर लाग्दै आएका ६६ बर्षिय कलाकार जुङ्गे भट्टराई सवैको आँखामा बस्दा पनि नबिझाउने अनि सवैले क्यानाम जुङ्गे भट्टराई भनेर चिनिएका उनी अत्यन्त क्रियाशील थिए। चलचित्रमा देखिने असंख्य कुराहरू बनाए उनले ।
त्यसलाई कतिले सक्कली ठान्थे। नेपाली फिल्ममा पहिरन डिजाइनरका रूपमा काम गरे। नयाँ चलचित्र प्रेमगीत ३’का लागि उनले ९३ वटा नक्कली बन्चरो बनाइदिएका थिए। चलचित्र ‘सेतोबाघ’ फिल्ममा श्रीपेच र शेष नाग उनैले बनाएका थिए ।
माया पिरती’, ‘प्रेमपिण्ड’, ‘युगदेखि युगसम्म’, राजमतिु, Lord Budha, प्रेम–पिण्ड, मुनामदनु, जय बाबु पशुपतिनाथ’, श्रीस्वस्थानी’ ‘भाग्यरेखा’, ‘सन्तान’ लगायतका थुप्रै फिल्ममा कला निर्देशकका रुपमा काम गरेका थिए। उनले रेडियो नेपालमा देउडा गीत पनि गाएका छन्।
स्वर्गवासी कामनाका होनहार पत्रकार पुष्करलाल श्रेष्ठले राखिदिएको जुँगे भट्टराई उपनामले उनी जीवनभर चिनिए।
कामनाका प्रधान सम्पादक तथा प्रकाशक पुष्करलाल श्रेष्ठलाई आफ्नो आदर्श मान्ने जुङ्गे भट्टराई वितेर गए तापनि उनको कला र कलाकारिता सदा अमर रहेको छ।
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९ १५:२३