काठमाडौ । डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।
मार्स् प्रा.लि.ले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन “खुशीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेन स्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा एएनएस क्रियशनले निर्माण गरेको “क्वालिटीमा नम्बर वान मासिक शुल्क सबैभन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको हो ।
१२औं संस्करणको कृति अवार्डमा डिशहोम फाईवरनेट पावर्ड बाई स्पोन्सर रहेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९ १३:४४