काठमाडौ । सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्र्ड स्कुल बास्केटबल च्याम्पियनसिप २०२२ मा सहभागी हुन नेपाली बास्केटबल टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
नेपाली टोलीलाई एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरेको हो।
विदाई कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले अध्ययनका साथसाथै खेललाई पनि अगाडी बढाई रहेकोमा खेलाडी प्रति कृतज्ञ हुँदै स्कूल र कलेजमा खेलकुदको पूर्वाधार निर्माणमा जोड दिनु पर्ने र आफू त्यसका लागि लागि पर्ने बताए।
प्रतियोगितामा उत्कृष्टताका लागि बैदेशिक भ्रमण फलदायी हुने भन्दै विभिन्न देशका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीहरुको क्षमतामा बृद्धि हुनेमा आफू विश्वस्त रहेको बताए ।
जनार्जन ढुङ्गेलको नेतृत्वमा च्याम्पियनसिपमा सहभागी हुने जाने टोलीको टिम प्रशिक्षकमा सदिश प्रधान रहेका छन्। प्रतियोगिता सेप्टेम्बर २० देखि २८, २०२२ मा हुने कार्यक्रम रहेको छ।
यस्तै खेलाडीहरुमा सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिभम् श्रेष्ठ, कोनोर गुरुङ्ग, बेनभ श्रेष्ठ दुवाल, उज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहेका छन् भने अफिसियलमा भुपेन्द्र शमसेर कुँवर, मधु ढुङ्गेल र ममता बस्नेत रहेका छन् ।
बिदाई कार्यक्रममा नेपाल स्कूल स्पोर्टस् महासंघका उपाध्यक्ष मोहन कुमार कार्की, आईएसएफ कार्यकारी समितिका सदस्य, प्राविधिक कमिशनका अध्यक्ष एवम् नेपाल स्कूल स्पोर्टस् महासंघका सचिव राजकुमार कार्कीको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९ १८:४०