नवलपरासी । गैरआवासीय नेपाली सङ्घका अफ्रिकास्थित राष्ट्रिय समन्वय समितिहरुको तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत पूर्व नवलपरासीको देवचुली रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरेको छ ।
उक्त गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति मोजाम्बिकले पूर्व नवलपरासीको देवचुली नगरपालिका-१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको कोभिड उपचारकक्षलाई करिब २ लाखको आर्थिक सहयोगमा १० थान अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरेको हो ।
एनआरएनए मोजाम्बिकका अध्यक्ष देवी पौडेलको संयोजनमा उक्त कार्यक्रम भर्चुअल रुपमा सम्पन्न गरेको थियो।
देवचुली नगरपालिका-१६ का वडाअध्यक्ष केशरबहादुर क्षेत्रीले सामुदायिक प्राकृतिक चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर क्षेत्रीलाई उक्त सिलिण्डरहरु हस्तान्तरण गरेको हो ।
कार्यक्रममा भर्चुअल रुपमा एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापा, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र एनआरएनए मोजाम्बिक राष्ट्रिय समन्वय समितिका अध्यक्ष देवी पौडेलको समेत सहभागी रहेको थियो ।
कार्यक्रममा वडाअध्यक्ष केशरबहादुर क्षेत्रीले अफ्रिकाका एनआरएनहरुलाई गाउँघर सम्झेर अप्ठ्यारो अबस्थामा सहयोग गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८ १३:०१