ललितपुर। ललितपुरमा पर्यटन प्रवर्द्धन भव्य रुपमा हुने भएको छ ।
विश्व पर्यटन दिवसको अवसरमा २७ सेप्टेम्बर तदानुसार असोज ११ गते मंगलवार ललितपुरमा भव्य पर्यटन प्रवर्द्धन हुन लागेको हो।
ललित सांस्कृतिक मेलाको रुपमा भव्य तथा सभ्य रुपमा हुन गैरहेको जानकारी मेलाका संयोजक एवम् ललितपुर महानगरपालिका-१९ का वडा अध्यक्ष राजेन्द्र महर्जनले दिएका छन्।
संयोजक महर्जनका अनुसार, ललितपुरको मंगलवजार स्थित पाटन दरबार स्क्वायर परिसरमा हुन गईरहेको ललित सांस्कृति मेलामा ललितपुरको शान तथा गौरब मानिएको हस्तकला प्रदर्शनको अलावा ५ सय कलाकारहरुको सहभागितामा ललितपुरका स्थानीय बाजागाजा सहितको कला प्रदर्शनी हुने भएको छ।
नायखिं बाजा देखि धाँ बाजा र धिमे बाजासम्मको मौलिक प्रस्तुतिले पर्यटकहरुलाई बेग्लै आनन्द दिने भएको छ। सात प्रदेशका सात सांस्कृतिक प्रदर्शन स्थानीय सामुदायिक तथा संस्थागत दुईसय विद्यार्थीहरुले प्रदर्शन गर्ने भएको छ।
त्यस्तै, विहान ८ बजेभित्र पाटन दरवार स्क्वायर प्रवेश गर्ने पहिलो पच्चीस जनासम्म पर्यटकहरुलाई विशेष माल्र्यार्पण सहित सम्मान गरिने जानकारी पनि संयोजक महर्जनले दिएका छन्।
ललितपुर महानगरपलिकाको आयोजनामा हुन गईरहेको ललित सांस्कृतिक मेला विशेषत ललितपुरलाई पर्यटन हब बनाउने तथा ललितपुरको चिनारी दिने प्रमुख उदेश्यले गर्न लागेको ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक एवम् ललितपुर महानगरपालिका-५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले वताएका छन्।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ १७:३४