कास्की । पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि हल्ट प्राइस (रिडिजाइनिङ्ग फेसन) आयोजक कमिटी गठन गरेको छ।
क्याम्पस डाइरेक्टरको भूमिकामा रहेर सुरज राज केशरीले टिमको नेतृत्व गर्नेछन् भने उनको साथमा डिपुटी क्याम्पस डाइरेक्टरको रूपमा रिवाज भुर्तेल र म्यानेजरको रूपमा किशोर पनेरु रहेका छन् ।
यसैगरी एडमिन सुपरभाइजर बिपना मरासिनी, आउटरिच सुपरभाइजर ज्ञानेन्द्र त्रिपाठी, कम्युनिकेसन सुपरभाइजर अभिष्का काफ्ले, फाइनेन्स सुपरभाइजर अनुजा पौडेल, टेक्निकल सुपरभाइजर शास्वत कोइराला, ग्राफिक्स सुपरभाइजर सौगात आचार्य, कन्टेन्ट सुपरभाइजर उनिषा सापकोटा र मिडिया मार्केटिङ्ग कोडिनेटरमा विज्ञान कार्कीलाई जिम्मेवारी दिइएको छ।
थप कमिटिमा कलेज रिप्रिजेन्टेटिभ (शास), कलेज रिप्रिजेन्टेटिभ (एसओइ), कलेज रिप्रिजेन्टेटिभ (एसडीएसइ) टेक्निकल एसोसियट, एडमिन एसोसियट, कम्नुकेसन एसोसियट, फाइनेन्स एसोसियट, ग्राफिक्स एसोसियट, आउटरिच एसोसियट र कन्टेन्ट एसोसियटमा क्रमशः उदय सिङ्ग, शङ्कर शाह, सन्देश भुर्तेल, सन्दिल कार्की, अशीम घिमिरे, विकास जङ्ग कुवँर, अविरल पौडेल, विशाल मेहता, ईशा मैनाली र सचिन घिमिरेले रहेका छन्।
विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रूपमा छुट्टै महत्त्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९ १५:३६