काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा निकै महत्वपूर्ण रहने बताएको छ।
अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न आगामी निर्वाचनपछि बन्ने सरकारको भूमिका महत्वपूर्ण हुने बताएको हो।
देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका हुन्।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९ २१:३०