उदयपुर । उदयपुरको कटारी नगरपालिकाको-१४ पहाडीमा वडाको पहलमा गाउँमा पहिलो पटक बिजुली पुगेको छ ।
कटारी नगरपालिकाको-१४ वडामा ६ सय ९९ घर रहेको उक्त गाउँमा अहिले एक सय ७ घरमा बिजुली पुर्याइएको वडाध्यक्ष शम्भु श्रेष्ठले बताएको हो।
वडाको पहलमा गोकुले, भादगाउँ र पिपलडाँडामा बिजुली बालिएको हो । बाँकी घरपरिवारका लागि पनि नियमित काम भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए।
पहिलो पटक वडामा कटारी हुँदै नेपाल विद्युत् प्राधिकरण कटारी शाखाले राष्ट्रिय प्रशारण जडान गरेको हो । दशैंसँगै गाउँमा बिजुली बलेपछी दशैंमा थप उमङ्ग छाएको स्थानीय मोहन श्रेष्ठले बताए ।
बडादशै जस्तो महत्वपूर्ण चाडमा गाउँघरै झिलीमिली भएपछी गाउँवासीमा अत्यन्तै खुशीयाली छाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९ २१:१९