काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भौतिक विकासभन्दा पहिले मानवीय जीवन रक्षाको सवाल प्रमुख रहने बताएको छ ।
अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको विश्व खाद्य दिवसको सन्दर्भमाआयोजित ‘भोकमरी विरुद्धको अभियान, खाद्य सम्प्रभुता’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले नेपालको संविधानमा नै खाद्य सम्प्रभुता सवाल सम्बोधन भएको बताउँदै नागरिकको सम्मानजनक जीवनयापन गर्ने सवालमा खाद्य सम्प्रभुताको सवाल महत्वपूर्ण रहेको बताएको हो।
किसान महासङ्घले उठाएको महत्वपूर्ण सवाल संविधानमा समाविष्ट भएको चर्चा गर्दै उनले समाजको अगुवा शक्ति कम्युनिष्ट पार्टी भएकाले जसको विचार काम र व्यवहार पनि अगुवा हुनुपर्नेमा जोड दिएका हुन् ।
पूर्व प्रधानमन्त्रीसमेत नेपालले कृषि क्षेत्रको समग्र विकास बिना देशको अवस्था परिवर्तन हुन कठिन हुने विचार व्यक्त गर्दै जसको लागि जग्गाको वर्गीकरण सिँचाइ प्रणालीको व्यवस्थित सदुपयोग, उत्पादन र उत्पादकत्व वृद्धि गर्न मल खाद्य गुणस्तरीय बिउबिजन आधुनिक खेती प्रणाली, यान्त्रिकीकरणसहित गुणस्तरीय उत्पादन महत्वपूर्ण हुने बताएका छन्।
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९ ०७:३०