टेकेन्द्र बोहरा
बझाङ । बझाङ जिल्लाको बझाङ दुर्गाथली गाउँपालिका-४ जुजिआमरुख घर भएका जनेस्वर जोशी नेपालमा मात्र नभई भारतको ठूलो सहर कर्नाटक राज्यको बैंङ्लोरमा रहेका प्रवासी नेपालीहरुमाझ निक्कै चिरपरिचित छन् ।
जोशीले अहिले भारतमा आफ्नै लगानीमा जय लक्ष्मी ट्राभल्स कम्पनी स्थापना गरी नेपालदेखि-बैङ्लोर-बैङलोरदेखि-नेपाल, दुई ओटा एसी भएका ठूला बस र दुई ओटा नन एसी भएका ठूला बस गरी ४ ओटा वस सञ्चालन गरिरहेका छन्।
जोशी भन्छन्, “आफू १३ वर्षको उमेर पुग्नै लाग्दा बुवाको असामयिक निधन भयोे घरमा कमाउने कोही भएन घरको आर्थिक अवस्था कमजोर भएपछि पढाईलाई निरन्तरता दिन सकिएन, ्घरमा चार भाई र दुई बहिनी र आमाको लुगा कपडा, घर खर्च भाई बहिनीहरुको पढाई खर्च, चलाउन गाह्रो भएपछि आफ्नो पढाईलाई थाती राखी गाउँका दाजुभाई सँग बैङ्लोर पुगेँ ।”

"मेहनत गरे के हुदैन र म बैंङ्लोर आउँदा सुरुसुरुका दिनहरुमा निक्कै दुःख कष्ट झेल्नु पर्यो सुरुका दिनहरुमा मैले झाडु पुछा (स्विपरको काम) लगाउने काम गरेँ” जोशीले भने, "कामको सिलशिलामा भारतमै सामाजिक क्षेत्रमा पनि काम गर्दै जाँदा धेरै नेपालीहरुसँग परिचय हुँदै गयो, आफू पण्डित भएकोले मलाई सानैदेखि पुजापाठ, नित्यकर्म, आदि गर्न आउँथ्योे, दिनभर नेपालीहरले पुजापाठ गर्न बोलाउथे केही पैसा त्यहीबाट आउन आउँथ्यो, र साँझ विहानको समयमा ड्यूउटी जान्थेँ केहीवर्ष पछि भारतमै केही गर्नुपर्छ भन्ने सोँच आयो मैले वारियर सेकुरिटी सर्भिस खोले त्यसबाट पनि कैयौ नेपालीहरुले रोजगारी पाए भने आफूलाई आर्थिक आयआर्जन गर्न राम्रो भयोे ।”
जोशी भन्छन्, “कैयौ प्रवासमा बसेका नेपालीहरुले भारतका विभिन्न सहरहरुमा बिना गल्ती समस्या पाउने गरेको देखेपछि केही साथीहरु जम्मा भएर मेरै सक्रियतामा नेपालीहरु एकजुट हुनुपर्छ भन्ने सोच आएपछि भारतमै पशुपतिनाथ नेपाली जन कल्याण समितिको स्थापना गरी प्रवासी नेपालीहरुको हकहितमा काम गर्दै आइरहेका छाै।”
यो समितिले बिना कसुर बैंङ्लोर पुलिस स्टेसनमा यातना पाइरहेका नेपालीहरुको उद्दार पैसाको अभावमा उपचार पाउन नसकेका नेपालीहरुलाई सहयोग सङ्कलन गरेर धेरै जनाकोे उपचार गर्न सफल भएका छौ ।
कोरोना देखिएको समयमा हाम्रो संस्थाले घेरै नेपालीहरुलाई खाद्यान्नको लागि रासन वितरण कामको खोजी नेपाल फर्कनेहरुका लागि टिकटको ब्यवस्था गरेका थियौ।
“कोरोना फैलिएको समयमा धेरै नेपालीलाई बैङ्लोरवाट नेपाल फर्कन समस्या भएपछि यातायातको सहजताको लागि आफ्नै बस किन्ने सोच गरेँ सुरुका दिनहरुमा एक सिलिपर एसी बस किनेँ र सञ्चालन गरेँ राम्रो नतिजा आएपछि अहिलेसम्म दुई एसी सिलिपर २ नन एसि सिलिपर बस गरी ४ ओटा आफ्नै बस सञ्चालन गरेको छु यो व्यवसाय पनि राम्रो नै चलेको छ।” जाेशीकाे भनाई छ।
बस मालिक जोशी भन्छन्, “मलाई यहाँसम्म पु¥याउन मेरा मेरो घर परिवार आफन्त इस्टमित्र, मेरा सवै (जजमान) पुजा गर्न बोलाउनेहरुको माया प्रेम सद्भावले र मेरो मेहनतले अहिलेसम्म राम्रो छ । यही व्यवसाएबाट धेरै गर्न नसके पनि घरपरिवारको खर्चर केही बचेको रकमले धनगढी चौराह नजिकै जय लक्ष्मी होटेल पनि सञ्चालन गरेको छु ।”
पछिल्ला दिनहरुमा सामाजिक क्षेत्र सँगसँगै प्रवासको ठाउँमा त यतिका वर्ष नेपाल र नेपालीको लागि गरियोे अब आउने दिनहरुमा केही समय मिलाएर आफू जन्मेको गाउँ-ठाउँमा फर्की गाउँ-ठाँउको विकासका लागि सामाजिक क्षेत्रमा काम गर्ने सोच बनाएको बताए।