काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएको छ ।
सङ्घीयता अनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूचीअनुसार कानून बनाउन आवश्यक रहेको उनको भनाइ छ।
काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताएका हुन्।
“संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्याे”, शनिबार भएको प्रचारप्रसार कार्यक्रममा उनले भने ।
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९ १२:०९