काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ४० अङ्क बढेर एक हजार नौ सय ११ दशमलव २६ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८६ अङ्क बढेर ३ सय ७६ दशमलव ५७ विन्दुमा पुगेको छ ।
कूल २ सय ३२ कम्पनीको २४ लाख ९५ हजार ६ सय १२ कित्ता शेयर रु ८५ करोड ९४ लाख ६ सय १२ मूल्यमा कारोबार भएको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ४९ अर्ब ११ करोड ४५ लाख १६ हजार पाँच सय १७ पुगेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारका रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको ६ करोड ३ लाख ३८ हजार ६ सय ३० बराबरको कारोबार भयो ।
हिमालयन डिस्टिलरी ४ करोड १ लाख ९० हजार ७ सय १६, नेपाल लाइफ इन्स्योरेन्स ३ करोड ८१ लाख २६ हजार ३ सय ३०, शिवम् सिमेन्ट ३ करोड ७८ लाख ५८ हजार ५ सय २३ र जाल्पा सामुदायिक लघुवित्तको २ करोड ७८ लाख १४ हजार ९ सय ४६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
कारोबारमा सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। साथै, गणपति लघुवित्त ७.७१, नारायणी डेभलपमेन्ट बैंक ५.५३, रिडी पावर कम्पनी ५ .४४ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ४.६५ प्रतिशत शेयर मूल्य बढेको छ ।
त्यस्तै, जनउत्थान सामुदायिक ४.१३, सबैको लघुवित्त ३.६८, विशाल बजार कम्पनी २.८४, बुद्धभूमि नेपाल हाइड्रोपावर २.७४ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले २.६४ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९ १६:१३