प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नो नट अगेन यतिखेर पेचिलो विषय बनेको छ। तीस बर्षभन्दा बढी समयदेखि एउटै अनुहारको मात्र निर्वाचनमा रिपिट राउण्ड देख्दा युवाहरुमा वितृष्णा नै जांगेको हो। जसको कारण उनीहरुमा नो नट अगेनको वितृष्णा फैलिएको हो ।
तीस बर्षदेखि नेपाली जनताको नामवाट राजनीति गरेर उनीहरुमाथि नै व्यापार गर्ने नेताहरुले वास्तवमा यो तीस बर्षमा गत्तिलो काम गर्न नसक्नु नै नो नट अगेन विषयले प्रवेश पाएको हो ।
उमेरले पिण्ड खाने बेलासम्म पनि लोभ अनि लाभको राजनीति मात्र खोज्ने नेताहरुको कारण पनि युवाहरुमा नो नट अगेनले प्राथमिकता पाएको कुरामा कसैको दुई मत नहोला । राजनीतिको नाममा केवल नाफाको व्यापार मात्र गर्ने र नातागोता तथा आफन्तलाई मात्र हेर्ने अरु सर्वसाधारणलाई बाल मतलब नगर्ने पुराना नेताहरुको रबैयाको कारण नेपाली जनता वाक्क दिक्क भएका हुन् ।
जसको कारण युवाहरु अघिल्लो स्थानीय निर्वाचनवाट नयाँ परिवर्तन खोजिरहेका छन्। पार्र्र्टी विशेषको राजनीतिवाट वाक्क दिक्क भएर स्वतन्त्रलाई बैकल्पिक राजनीतिक धारको रुपमा अगाडि सारेको छ ।
मंसीर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा यसकारण पनि स्वतन्त्र उम्मेदवारहरु बढी हौस्सिएका छन् । यसको मतलव सवै स्वतन्त्र स्वच्छन्द अनि निट एण्ड क्लिन छ भन्न सकिदैन । उनीहरुमा पनि धेरै खोट नभेटिएको भने होइन ।
पार्टीले निर्वाचनमा टिकट नदिएपछि पार्टीको बाँगी उम्मेदवारको रुपमा चुनाव लड्ने अनि नेपाली जनतालाई उल्लुको पठ्ठा वनाउनेहरुको पनि कमी छैन्। यसकारण यस्ता छदमभेषी स्वतन्त्र उम्मेदवारवाट सावधानी हुन पनि आवश्यक छ ।
राम्रा भन्ने सवै हाम्रा भन्ने अवधारणा एकातिर छ भने, अर्कोतिर अघिल्लो निर्वाचनवाट निर्वाचित बनेर जनमत बटुलेका प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरु कतिपयको कार्य गर्ने शैलीवाट जनता लोभिएका छन् ।
उनीहरुलाई नो नट अगेन हैन, यस अगेन कम भनेर स्वागत गर्ने पक्षमा पनि देखिएका छन्। राम्रो गर्नेहरुलाई स्वागत तथा नराम्रो गर्नेहरुलाई आउट गर्ने कार्य यो निर्वाचनवाट निश्चित रुपमा गर्ने पक्का भएको छ ।
- नामी साप्ताहिक
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९ १३:३०