काठमाडौ । डिशहोमले वर्ल्ड कप २के रिजोलुशनमा प्रशारण गर्ने भएको छ ।
यसै अवसरमा डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान 'फिल द म्याजिक अफ फुटवल इन डिशहोम' अभियान शुरु गरेको छ ।
नेपालको एक मात्र DTH कम्पनी डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटवलको प्रशारण गर्दैछ । हरेक चार चार वर्षमा हुने विश्वकप फुटवलका फ्यानहरुले हर्षोल्लासकासाथ स्वागत गर्ने गरेका छन्।
नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिविधिलाई मध्येनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी राखेको छ ।
त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गई पोष्टमा #MagicalMomentsof (उनीहरुको मन पर्ने टिम जस्तै, MagicalMomentosofPortugal) प्रयोग गर्नुपर्नेछ ।
साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो वा फोटो पोष्ट गर्नुपर्नेछ ।
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९ १४:२०