काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले निर्वाचनमा भाग लिन्नौ भन्न नसुहाउने टिप्पणी गरेको छ।
बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले प्रजातान्त्रिक पार्टी कांग्रेस लोकतान्त्रिक प्रकृया विरुद्ध अघि वढ्न नमिल्ने बताएको हो।
संसद चलिरहेका बेला कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनाबमा भाग लिन्नौ भनेको आफूले हालै मात्र हेरेको बताउँदै कसले बनाएको चुनाबमा भाग लिने हो? भनेर सोधेको छ ।
साथै प्रधानमन्त्री ओलीले कांग्रेसले प्रचण्डपथ अंगालेको पनि आरोप लगाउँदै आवेश र उत्तेजनाको राजनीति नगर्न समेत अपिल गरेका छन्।
अरु पार्टी फुटाएर किर्ते नाम लिएर राष्ट्रपति कहाँ हस्ताक्षर लिएर गएको के का लागि प्रधानमन्त्री ? ओलीले कांग्रेस सभापति देउवालाई प्रश्न समेत गरेका छन्।
यसअघि हिजो (शनिवार) देउवाले निकालेको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनिएकोमा प्रधानमन्त्री ओलीले आपत्ति जनाएको थियो।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८ १५:४९