कठमाडौ । नेकपा एमालले वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ।
अध्यक्ष केपी शर्मा ओलीले ईमेल मार्फत विपक्षी गठबन्धनको सरकार बनाउन हस्ताक्षर गर्ने नेपाल–खानलसहित ११ जना सांसदलाई स्पष्टिकरण सोध्नु भएको एमाले कार्यलय सचिब शेर बहादुर तामाङले जानकारी दिएको हो।
स्पष्टीकरण सोधेका सांसदहरु मध्ये नेता नेपाल, खनाल, भिम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, शरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी, कलिला खातुन, निरदेवी जैरु रहेको छ।
हिजो बसेको एमाले स्थायी कमिटी बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये ११ लाई मात्रै स्पष्टीकरण सोधेको हो । बाँकीलाई सोध्नु नपर्ने देखिएको तामाङले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८ १६:०८