काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी बनेको छ ।
नेपाली कांग्रेसकातर्फबाछ विजयी उम्मेद्वार सिंहले ७ हजार १४० मत प्राप्त गरेका छन् भने मिश्रले ७ हजार ११ मत प्राप्त गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतान्तरले पराजित गर्दै सिंह विजयी बनेका हुन्।
प्रतिनीधिसभा सदस्यमा विजयी भएसँगै गर्दै सिंहले काठमाडौं १ का सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन्।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यसै क्षेत्रमा सिंह र मिश्रसँगै प्रतिस्पर्धा भएको थियो।
त्यसबेला ८ सय १८ मतान्तरले सिंहले बाजी मारेका थिए भने मिश्र विवेकशील साझाबाट उम्मेदवार बनेका थिए।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ ०७:१४