काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनीधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।
कांग्रेसमा शक्तिशाली युवा नेताको रुपमा चिनिने महामन्त्री थापाले फराकिलो मत अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै विजय हासिल गरेको हो।
थापाले उनका प्रतिष्पर्धी भट्टराईलाई थापाले ७ हजार ४ सय ४६ मतान्तरले पराजित गरेका हुन् । गगन थापाले २१ हजार ३ सय १ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८ सय ५५ मात्र मत ल्याए ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा उत्रिएका थिए ।
०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए भने ०६४ मा थापा समानुपातिक सांसद थिए ।
विजयी उममेद्वार थापा ३१ वर्षे उमेरमै समानुपातिक सांसद रहे लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले उनी नेपाी कांग्रेस महामन्त्री छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १२:०१