चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नं. २ मा अग्रता लिएका छन्।
कालिका नगरपालिका १ को गणना जारी रहँदा लामिछानेले ४ हजार ७ मत ल्याएको हो ।
लामिछानेका निकटम प्रतिद्वन्दी एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ सय मत प्राप्त गरेका छन्।
त्यसैगरी, कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याएर तेस्रो स्थानमा परेका छन् । अब आफ्नो कोर क्षेत्रको मतगणना सुरु भएको हुनाले आफूले निरन्तर लिड गर्ने लामिछानेले बताएका छन्।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १६:२७