घोराही । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा रेखा शर्मा निर्वाचित भएकी छन् ।
नेकपा माओवादी केन्द्रकी शर्माले आम मतदाताका गुनासा सम्बोधन हुने गरी काम गर्ने बताउँदै इमान र निष्ठाका साथ काम गर्ने बताएकी छन् ।
आफ्नो जितलाई प्रतिगमनविरुद्धको एजेण्डा दंगाली जनताबाट अनुमोदन भएको भन्दै शर्माले भनिन्, ‘निर्वाचनको सुरुदेखि नै प्रतिगमनको विरुद्ध, लोकतन्त्र–गणतन्त्रको रक्षाका लागि भनेर र समग्र दाङको समृद्धिको लागि भनेर जुन एजेण्डा प्रस्तुत गरेका थियौं, त्यसलाई जनताले अनुमोदन गरेका छन् । अत्यन्त खुसी छु ।’
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:४६