काठमाडौ । महालक्ष्मी विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ ।
कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइनमार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।
उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभब बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथमबर्षको लागि शत्प्रतिशत छुट प्रदान गरीएको छ ।
महालक्ष्मी विकास बैंकले उक्त खातामा लकर सुविधामा ५० प्रतिशत छुट दिनुका साथै Connect IPS को सुविधा पनि रहेको छ।
बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, Connect IPS, QR Code लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८ १३:११