काठमाडौं। कुनैबेला नेकपा माओवादी केन्द्रसँग नजिक रहेकी नेपाली चलचित्र उद्योगकी ख्यातिप्राप्त नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा लागेपछि नेपाली राजनीतिमा चुर्लुम्मै डुबेकी थिइन् ।
राजनीति वाहेक अरु केही नसोचिकन मंसीर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको आम निर्वाचनमा गृहनगर विराटनगरको मोरङ-३ बाट तामझामका साथ प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी थिइन्।
अरु उम्मेदवारभन्दा सवैको आकर्षणको केन्द्रविन्दु बनेकी नायिका थापाले चुनाव जित्ने व्यापक अडकलबाजीमा मोर-३ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माको जित भएको छ।
उनका निकतम प्रतिव्दन्दी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मतान्तरले पराजित गरी डा. शर्माले जित हात पारेका हुन्।
डा. शर्माले ४८ हजार ६ सय ३१ मत प्राप्त गरी विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी ढकालले २५ हजार ८ सय ९५ मत मात्रै पाएका थिए ।
यस्तै, राप्रपाबाट उम्मेदवार बनेकी नायिका रेखा थापाले १० हजार ९ सय ८८ मत ल्याएर तेश्रोमा सिमित बन्न पुगेकी छन्। यसवाट पनि नायिका थापाको पक्षमा जनलहर रहेको पुष्टि भएको छ।
नायिका थापा यसवाट खुशी नै बनेकी छन्। पहिलो प्रयासमा विराटनगरका जनतले रुचाइदिएकोमा धन्यवाद व्यक्त गर्ने कार्य पनि नायिका थापावाट भएको छ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ १०:४१