उदयपुर । प्रतिनीधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत उदयपुर-१ को मतगणना कार्य रोकिएको छ ।
मतगणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मतपत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिएको हो ।
निर्वाचन अधिकृत सुवेदीका अुनसार ६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाको लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।
निर्वाचन अधिकृत सुवेदीले दिउँसो ४ बजे सर्वदलीय बैठकपछि मतगणना सुरू हुने बताए । कुल ७६ हजार ७ सय ५६ मत खसे उदयपुर(१ मा ६३ हजार ८० मत गणना भइइसकेको छ ।
मतगणना भइसकेकोमा काग्रेसका डाक्टर नारायण खडकाले १ हजा ८ सय २५ मतले अग्रता लिएका छ्न्।
खडकाले २७ हजार ४ सय ८४ मत प्राप्त पाएका छन् भने एमालेकी मन्जु कुमारी चौधरिले २५ हजार ६ सय ५९ ल्याएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १४:१७