काठमाडौं । बागमती किनारमा रहेको सुकुम्बासी बस्ती अहिले तनावग्रस्त क्षेत्र बनेको छ ।
अहिले थापाथलीस्थित सुकुम्बासी बस्तीका जनताहरुले घरेलुहतियार सहित प्रदर्शनमा उत्रिएका छन् ।
काठमाडौ महानगरको टोली सुकुम्बासी बस्ती हटाउन थापाथली पुगेपछि उनीहरु हँसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियारसहित प्रदर्शन आएका हुन् ।

यस ठाउँमा आफूहरु स्थायीरुपमा बस्दै आएको र यो ठाउँ नछाड्ने भन्दै गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह (बालेन्द्र) विरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।
बागमती किनारको सुकुम्बासी बस्ती किनारको बस्ती छिर्ने मूलसडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन) सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।
समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।
तर निर्देशन अटेर गरेपछि महानगरको टोली डोजर लिएर सुकुम्बासी बस्ती पुगेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ १५:४७