काठमाडाै । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ ।
समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजा पछिको राजनीतिक घटनाक्रमको विकाससँगसँगै आगामी रणनीति गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएकाे हाे ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले भने, “राष्ट्रिय राजनीतिको आगामी बाटो बारेमा गम्भीर चिन्तन मनन् गर्याै । देश कतै दक्षिणपन्थी दिशातर्फ जान लागेको त होइन भन्ने कुरालाई गम्भीताका साथ लिँदै त्यसबाट सतर्क हुनुपर्ने आवश्यकता महसुस गर्याै।”
बैठकमा देशभरीबाट पार्टीले पाएको मतपरिणामका बारेमा छलफल भएको जानकारी दिँदै अध्यक्ष नेपालले इलाम र उदयपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको बताए ।
"देशभरबाट निर्वाचनको सूचना आउन बाँकी रहेको आएपछि विस्तृत र गम्भीर समीक्षा गर्ने छौँ”, अध्यक्ष नेपालले भने। बैठकले पार्टीका तर्फबाट विजयी उम्मेदवारलाई बधाई तथा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र आम मतदातालाई धन्यवाद दिएको छ ।
अहिलेकै अवस्थामा वामपन्थी दलबाट सरकार बन्ने सम्भावना आफूले नदेखेको समेत बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ २१:०५