काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेका छन् ।
महालक्ष्मी विकास बैंकको थापाथली शाखाद्वारा काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुको लागि ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेकोे छ ।

दृष्टिविहिन भएकाहरुको संरक्षण गर्दै उनीहरुको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा लामो समयदेखि सक्रिय उक्त संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले सहयोग प्रदान गरेको हो ।

त्यस्तैगरी बैंकको न्यूरोड शाखाले सराङकोट धार्मिक एवम् पर्यटक क्षेत्र विकास समितिलाई पञ्चमुखी गणेश मूर्ती स्थापनाको लागि रुपैयाँ ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
धार्मिक एवम् पर्यटकिय क्षेत्र विकासमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
यसैगरी बैंकको ठुटीपिपल शाखाद्वारा ओम सत्तिया गाँउपालिका-१, रुपन्देहीमा अवस्थित श्री गंगा विशुन आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाका लागि बालउद्यान सम्बन्धी पिङ्ग, ढिके पिङ्ग लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

मनोरञ्जनका गतिविधिहरुले बिद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने हुँदा बैंकले उक्त बालउद्यानका लागि सामाग्री हस्तान्तरण गरेको हो ।
उल्लेखित कार्यक्रम सँगसँगै बैंकको रुकुम शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)लाई मिटिङ टेबल निर्माण गरी हस्तान्तरण गरेको छ ।
प्रहरी कार्यालयको हाताभित्र सञ्चालनमा रहेको बैठक कक्षमा विभिन्न बैठक तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्न सहजताहोस् भन्ने उद्देश्यले बैंकले उक्त कक्षमा मिटिङ टेबल निर्माण गरेर जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरेको हो ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९ १८:२९