काठमाडौ । नेपाल अडिटर्स एशोसिएसन(अडान) को छैठौं राष्ट्रिय महाधिवेशन पछिको दोश्रो केन्द्रिय कार्य समितिको बैठक अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा नयाँबानेश्वरस्थित ईन्द्रेणी फुडल्याण्ड, काठमाडौमा सम्पन्न भएको छ ।
सो सभामा कोषाध्यक्ष बलराम चौधरी र महासचिव प्रेमवहादुर श्रेष्ठले पेस गरेको आर्थिक र सांगठनिक प्रतिबेदन सुझाव सहित दोश्रो केन्द्रिय कार्य समितिको बैठकले पारित गरेको छ ।

बैठकमा देशभरका केन्द्रिय पदाधिकारी एवम् सदस्यहरुले आ–आफ्नो क्षेत्रका पेशागत मुद्घा एवम् गतिविधिका सन्दर्भमा प्रकाश पारेका थिए।
त्यस्तै, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) मा अडानबाट प्रतिनिधित्व गर्ने पार्षदहरु पोषराज नेपाल, भोलानाथ पाठक, शंकर ज्ञवाली, अडानका निवर्तमान अध्यक्ष मोहनराज रेग्मी, सल्लाहकार सहसंयोजक मोहनकुमार सुबेदी, अनुशासन समितिका संयोजक ध्रुबप्रसाद पौडेल, द्वितिय उपाध्यक्ष अब्दुल करीम खान, तिर्तीय उपाध्यक्ष झलकमणि लम्साल लगायतले आआफ्नो मन्तब्य राखेका थिए ।
बैठकमा स्वागत, विषय प्रवेश मन्तव्य अध्यक्ष केदारनाथ पौडेलले र उपस्थित सबैमा प्रथम उपाध्यक्ष डोलप्रसाद दाहालले धन्यबाद ज्ञापन गरेका थिए ।

केन्द्रिय कार्य समितिको बैठकले अडानलाई अझ शसक्त क्रियाशील, पेशागत नमूना संगठन बनाउन केन्द्रबाट सम्बन्धित प्रदेशको उपाध्यक्षको संयजकत्वमा कार्य बिभाजन गरि जिम्मेवारी समेत तोकेको छ ।
एशोसिएसनका बैठकहरु नियमित, प्रभावकारी पारदर्शी एवम् परिणाममुखी बनाउन सबै प्रदेशका केन्द्रिय उपाध्यक्षहरुको संयोजकत्वमा तत्तत् प्रदेशमा रहेका उपमहासचिव, सचिव एवम् केन्द्रीय सदस्यहरुलाई सहभागी गराई सांगठनिक गतिविधीहरु सञ्चालन गर्ने र हरेक प्रदेशमा बर्षमा कम्तीमा ४ पटक बिस्तारीत बैठकहरु केन्द्रीय उपाध्यक्षहरुमार्फत सञ्चालन गर्ने र संस्थाका ६५ जिल्लामा एशोसिएसनको सांगठनिक संरचाना भए पनि त्यसलाई केन्द्रसँग जोडिने गरि कार्यक्रम नभएको महशुस भएकोले सबै सदस्यलाई क्रियाशील बनाउने गरि पेशागत ज्ञान आत्मसम्मान, हरेक सदस्यसँग हाम्रो अडान भन्ने अभियान सहित सदस्यहरुलाई पेशागत ज्ञान, संगठनात्मक व्यवहारलाई व्यवस्थित गर्न कार्य योजना सहित सबै संगठनात्मक संरचना परिचालन गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाकासँग सम्झौता भई कार्यान्वयन नभएका मुद्घाहरु चाँडो सम्बोधन गर्न, सूचीकृतका सम्बन्धमा उठेका समस्याहरुको दिर्घकालीन हल गर्न, बढ्दो बेरोजगारी समस्यालाई समाधानका उपायहरु खोज्न, बढ्दो मूल्यबृद्धि नियन्त्रण गर्न, बढ्दो तरलता अभावको समस्यालाई समाधान गर्न, लगायत बिभिन्न राष्ट्रिय अन्तर्राष्टिय असरहरु बारे गम्भिर हुन ध्यानाकर्षण गरेको छ ।
बैठकले निम्नानुसारका २० बुंदे बिशेष प्रस्ताब पारीत गर्दै लेखापरीक्षकहरुका जल्दाबल्दा बिषयमा ध्यान दिई समस्या समाधानका लागि राज्य र सम्बन्धित सबैमा ध्यानाकर्षण समेत गरेको छ ।